- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाले डोनबासलाई छुट्टै देशको रूपमा मान्यता दिनुपर्ने बताएको छ ।
रुस-युक्रेन युद्धको बीचमा उत्तर कोरियाले डोनबासलाई छुट्टै देशको रूपमा मान्यता दिने कुरा गरे पछि युक्रेनले उत्तर कोरियासँग सबै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।
उत्तर कोरिया भन्दा पहिले, डोनबासलाई रुस र सिरियाले छुट्टै देशको रूपमा मान्यता दिएका छन्।
साथै रुसले जापोरिजिया प्रान्तमा दुई वटा रकेट प्रहार गरेको छ । रकेट आक्रमणमा २३ जना गम्भीर घाइते भएका छन् ।
मङ्गलवार डोनेट्स्कमा रुसी आक्रमणमा ३७ सर्वसाधारण मारिएका थिए ।