arrow
ADVERTISEMENT

माल्दिभ्स भागेका राजापाक्षे अर्को देशको शरण लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
gotabaya-rajapaksa.jpg

काठमाडौं ।  चरम आर्थिक सङ्कटपछि श्रीलङ्का छोडेर माल्दिभ्स भागेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे पुनः अर्को मुलुक जान खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

सेनाको विमानबाट माल्दिभ्स पुगेका गोटाबायाले त्यहाँबाट सिंगापुरमा शरण लिन खोजिरहेका छन् । यसका लागि उनीहरू माल्दिभ्स निजी जेटको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्व राष्ट्रपति राजापाक्षे आफ्नी पत्नी लोमा राजापाक्षे र दुई सुरक्षा अधिकारीका साथ माल्दिभ्सको राजधानी मालेमा छन्। 

उनले सिंगापुर एयरलाइन्सबाट सिंगापुर जाने योजना बनाएका थिए । यसका लागि चारै जनाको टिकट पनि खरिद गरिएको थियो तर पछि सुरक्षाको कारणले रोकिए। अहिले उनीहरू निजी विमान भाडामा लिएर माल्दिभ्सबाट सिंगापुर जान खोजिरहेका छन् ।

राजापाक्षे मङ्गलवार राती श्रीलङ्काका देश छोडेर भागेका थिए । राजपाक्षे श्रीलङ्का छोडेर पहिला अमेरिका जान चाहेका थिए । तर अमेरिकाले उनलाई भीसा दिएन ।  राजापाक्षेसँग श्रीलङ्का र अमेरिकाको दोहोरो नागरिकता थियो, तर २०१९ को राष्ट्रपतीय निर्वाचनअघि उनले अमेरिकी नागरिकता त्यागेका थिए । 

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने सर्त राखेका थिए । 

अव श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बनेका छन् । उनको पनि प्रदर्शनकारीले राजीनामा मागेका छन् । देशमा 'तत्काल लागु' हुने गरी टापु व्यापी आपत्काल घोषणा गरिएको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ