arrow

पुष्पा भुषालको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
puspa-bhusal.jpg

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् । 

सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरी समर्थक रहेका छन् । 

लामो समयदेखि प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा भुषालको उम्मेदवारी परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ