arrow

उपसभामुखको मतदान शुक्रबार, पुष्पा र विद्याबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
puspa-bhusal-vidya-bhattarai.jpg

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय रहेको थियो । जसमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल र प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन् । 

यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर अब भने कांग्रेसकी भुषाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ