arrow

एकैदिन थपिए दुई सय ६० कोरोना संक्रमित, काठमाडौंका मात्रै एक सय ३७ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी नेपालमा तीव्र रुपले बढिरहेको छ । बिहीबार एकैदिन दुई सय ६० संक्रमित थपिएका छन् । जसमा २ हजार २७ पीसीआर परीक्षणबाट २१४ जना १८ सय १७ एन्टिजेन परीक्षणबाट ४६ जना हुन् । 

पीसीआर परीक्षणबाट थपिएकामा सबैभन्दा बढी काठमाडौंका १३७ जना हुन् । त्यस्तै ललितपुरका २३ तथा भक्तपुरका ४ जना हुन् । 

पीसीआर परीक्षणबाट मात्रै १०.५६ प्रतिशत संक्रमित पाइएका हुन् । यो अवधिमा मात्र ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको छ ।  

हाल काठमाडौंमा सक्रिय संक्रमित ७२६ जना रहेका छन् । ललितपुरमा ९० तथा भक्तपुरमा १५ जना पुगेका छन् । 

१४ जना आईसीयूमा, एक जना भेन्टिलेटरमा तथा २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आईसीयूमा रहेकामध्ये १३ जना बागमतीका हुन् । 
 



नयाँ