arrow

एक सातादेखि बल्न छोड्यो राजा जनकको मन्दिरमा बत्ती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
raja-janak-mandir.jpg

जनकपुरधाम । जनकपुरधाममा उपमहानगरपालिकाको वडा नम्बर  ३ मा रहेको जनकको मन्दिरको विद्युत् एक साता देखि काटिएपछि मन्दिरमा अन्धकार छाएको छ । विद्युत् काटिएको कारण मन्दिरमा साँझको समयमा बिजुली बत्ती बल्न छाडेको महन्थको भनाई छ ।

सो मन्दिरका महन्थ वैद्यनाथ गिरीका अनुसार मन्दिरको आयस्रोत नभएको कारण २०५२ सालदेखिको बिजुलीको भुक्तानी गर्न सकिएको छैन । अहिले अनुमानित ५ लाख जति बिजुलीको भुक्तानी बाँकी रहेको छ ।

मन्दिरको आयस्रोत २०५२ सालसम्म केही कठघराबाट आउने गर्दा आफुले मासिक रूपमै बिजुलीको भुक्तानी गरेको महन्थ गिरीको भनाई रहेको छ । उनले भने मन्दिरको पूजाको लागि राम मन्दिर गुठीबाट मासिक रु.६ सय दिने गरिएको छ । त्यसैले प्रसादी पनि चढाउन पुग्दैन । 

आफ्नो  गुजारा समेत जसोतसो दाताहरूको सहयोगमा र मन्दिरमा भक्तजनबाट अर्पण गरिने भेटीबाट हुने गरेको पनि महन्थ गिरी बताउँछन् ।

महन्थ गिरीले काटिएको बिजुली सुचारु गराइदिन सम्बन्धित निकायहरूमा आफुले गुहार लगाएको पनि बताए । 

२०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ ।  मासिक ६ सय देखि ७ सय सम्म मन्दिरमा विद्युत् महसुल उठ्ने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ