arrow

'एसपीपीमा ओलीलाई कठघरामा उभ्याउनुपर्‍यो'

सरकारले ओलीकै गल्ती दोहोर्‍याउन लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
narayankaji-shrestha.jpg

काठमाण्डौ । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको संलग्नताबारे दुई थरी कुरा बाहिर आएको भन्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसलाई स्पष्ट पार्न माग गरेका छन् । हिजोको  राष्ट्रियसभा बैठकमा नेता श्रेष्ठले सन् २०१५ मा सेनाले एसपीपीमा पत्राचार गर्दा तत्कालीन प्रधानमन्त्री ओलीको संलग्नताबारे दुई थरी कुरा बाहिर आएकाले कठघरामा उभ्याउन माग गरेका हुन् ।  

उनले भने,' सन् २०१५ मा सेनाले पत्राचार गर्दा आफूले निर्देशन नदिएको भनेर ओलीले व्यक्त गर्नुभयो । त्यही बेलाका रक्षा सचिव ईश्वरी पौडेलले प्रधानमन्त्रीको निर्देशनमा पत्राचार भएको भनेर भन्नुभएको छ, संवैधानिक निकायको सदस्य रहेका व्यक्तिको सो अभिव्यक्तिले आशङ्का पैदा गरेको छ । या खण्डन गरेर कठघरामा उभ्याउनुपर्‍यो, या त ओली आत्मालोचना गर्न तयार हुनुपर्‍यो ।’


 नेता श्रेष्ठले एसपीपी अस्वीकार गरेको पत्र नपठाएर वर्तमान सरकारले पनि ओलीकै गल्ती दोहोर्‍याउन लागेको बताए ।  श्रेष्ठले भने “सरकारले एसपीपीमा सहभागी नहुने भनेर निर्णय गर्‍यो । परराष्ट्रका अधिकारीले अध्ययन गरिराखेका छौं भने । मन्त्रिपरिषद्को निर्णय परराष्ट्रले अध्ययन गरिराख्नुपर्दैन, पत्राचार गर्ने हो ।” 

उनले भने, ‘यही गल्ती केपी ओलीको सरकारले गरेको थियो । सन् २०१९ मा परराष्ट्र सचिवको संयोजकत्वमा समिति गठन गरेर आईपीएसको अङ्गमा सहभागी नहुने भनेर निर्णय गरे पनि त्यो बेला पनि औपचारिक पत्र पठाइएन, कार्यदलको निष्कर्ष यस्तो रह्यो भनेर छाडियो ।’ 

बैठकमा उपाध्यक्ष श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरे एमसीसी अगाडि बढाउन नहुने मत राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ