- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारीमा छन् । काठमाडौंको जडीबुटीमा बसेको बाबुराम पक्षको बैठकले नयाँ पार्टी बनाउने निर्णय गरेको छ ।
बैठकपछि सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छन्।
जसपाको ३४ सदस्यीय कार्यकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन्।
यता अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईसहितका नेताहरूको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले उनीहरूमाथि कारबाही गरेको हो ।