arrow

सिजी मेरिडिया सिग्नेचर सिरिजले बजारमा ल्यायो इन्टरनेटबाट चलाउन सकिने उपकरणहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
cg-smarts-IOT-meridia-.jpg

काठमाडौँ। सिजीले आफ्नो ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ। यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले जनाएको छ।

आफ्ना सुरुवाती दिनहरूदेखि नै परिष्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सिजीले यस पटक आइओटी (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाई साइड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो।

यी आइओटी प्रडक्टहरूलाई अब तपाईँहरूले केवल एउटा सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ। जसमा यी प्रडक्ट हरू एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन्। आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई  न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी मोटरमा र एसीमा ५ वर्षको वारेन्टी कम्प्रेसरमा पनि दिएको छ।

यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ। यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीको विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ