- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा तालिम लिंदै गर्दा बिरामी परेकी एक प्रहरी जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको जैमिनी नगरपालिका वडा नं. ९ की पवित्रा थापा रहेकी छन् ।
नियमित शारीरिक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापा गत असोजदेखि गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७-०३ औं समूहमा तालिममा रहेकी थिइन् ।
थापाको बिहीबार अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । थापाको अन्तिम संस्कार स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।