arrow

भारत प्रशासित क्षेत्र कश्मीरमा दुई महिनादेखि कफ्र्यू, १५ लाख घरमै कैद

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
kashmir.jpeg
श्रीनगर । भारत प्रशासित क्षेत्र कश्मीरको श्रीनगरमा कफ्र्यू लागेको आइतबार ५१ दिन भएको छ । विश्वमै यो सबैभन्दा लामो कफ्र्यूमा पर्छ ।
 
१५ लाख मानिस गत जुलाइ ८ तारिखदेखि घरमै कैद भएर बस्न वाध्य छन् भने विद्यालय, कलेज ठप्प छन् ।
 
बजार बन्द हुँदा भोकमरीसमेत लाग्न थालेको छ । 
 
अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ भने ६५०० सुरक्षाकर्मी र ४५०० कश्मिरी सर्वसाधारण घाइते भएका छन् । 
 
कश्मिरी अलगाववादीले भदौ १६ (सेप्टेम्बर १) सम्मका लागि हड्तालको क्यालेन्डर सार्वजनिक गरेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको हो । 
 
यसले गर्दा अमरनाथमा दर्शनका लागि जानेसमेत स्वात्तै घटेका छन् । 
 
भारतले यो मुद्दालाई गम्भीरपूर्वक हेरेको छैन ।
 
पाकिस्तानले भने हरेक ठाउँमा कश्मीर मुद्दा उठाइरहेको छ ।
 
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफ्ना २२ मन्त्रीलाई विभिन्न ठाउँमा कश्मीर मुद्दा उठाउन लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ