- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । शनिबार थप २०५ संक्रमित थपिएका छन् । पीसीआरबाट १५२ र एन्टिजेनबाट ५३ संक्रमित थपिएका हुन् ।
मात्र ५१ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमित १३ सय ८५ पुगेका छन् । सक्रिय संक्रमितमध्ये काठमाडौंमा ८५० पुगिसकेका छन् ।
ललितपुरमा ९२ तथा भक्तपुरमा २६ पुगेका छन् । हाल ४१ जना संस्थागत आइसोलेसनमा, १७ जना आईसीयूमा तथा एक जना भेन्टिलेटरमा रहेका छन् ।