arrow

चिनियाँ भेटको प्रभावः नारायणकाजी भन्छन् – वामपन्थी शक्तिबीच तालमेल गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

‘वामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’

गत हप्ता चिनियाँ कम्युनिष्ट पार्टीका नेता आएर वामगठबन्धन बनाउन कम्युनिष्ट नेताहरुलाई आग्रह गरेसँगै नेपालका कम्युनिष्ट नेताहरु चिनियाँ लाइनमा बोल्न लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ