arrow

कोरोना संक्रमण बढ्यो, तयारीमा जुट्यो सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
corona-virus-covid-19.jpg

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । शनिवार मात्रै २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको भन्दै सबै प्रकारको तयारीमा सरकार जुटेको बताएका छन् । 

भारतमा समेत कोरोना संक्रमितको सङ्ख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणलाई प्रभावकारी बनाइने उनको भनाई छ । 

उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भए पनि अव त्यस्तो नहुने धारणा राखेका छन् । 

हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ