arrow

अग्नि तथा एसिड पीडितका छोराछोरीहरूलाई शैक्षिक सामाग्री वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
acid-pidit.jpg

काठमाडौं । अग्नि तथा एसिड पीडितका छोराछोरीहरूलाई नेपाल मानव धर्म सेवा समितिले शैक्षिक सामाग्री वितरण गरेको छ । 

समितिले गौशालामा शनिवार सात जना एसिड पीडितका छोराछोरी तथा एक जना एसिड पीडितलाई नै सामाग्री वितरण गरेको हो ।  

आर्थिक अभावका कारण शैक्षिक सामाग्री किन्न गाह्रो भइरहेका आमाबुबाका छोराछोरीहरूलाई छ महिना पुग्ने सामाग्री वितरण गरिएको समितिले जानकारी दिएको छ ।

 शिक्षाको ज्योतिबाट कोही पनि बालबालिका वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ समितिले ‘मिसन एजुकेशन’ अभियान पनि सञ्चालन गदै आएको छ । 

जसमा शहरी क्षेत्रका विभिन्न विद्यालयहरूबाट शैक्षिक सामाग्री सङ्कलन गरी देशका दुर्गम स्थानमा लगेर शैक्षिक सामाग्री वितरण गदै आइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ