- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराई लगायतको सांसद पद भने जोगिने भएको हो ।
‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिए पनि सांसद पदबाट भने मुक्त गरिएको छैन, अहिले त्यो दिशामा पार्टी जाँदैन’ अध्यक्ष यादवले भने, आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुनःस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।
काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।
तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन्।
यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको विषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ ।