arrow

नेपालमा कोरोनाबाट एक जनाको मृत्यु, एक सय पैंतीस संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ५९  कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ छ । सङ्क्रमितमध्ये एक हजार ३७० होम आइसोलेशन, ६९ संस्थागत आइसोलेशन, १८ आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

आज कोरोना सङ्क्रमणबाट थप एकको ज्यान गएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९५३ को मृत्यु भएको छ । 

आज ३२ हजार ५१५ ले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड पाँच लाख १८ हजार ७६२ ले खोपको पहिलो मात्रा, दुई करोड चार लाख ४७ हजार ७६ ले दोस्रो मात्रा र ६८ लाख ७३ हजार १६ ले अतिरिक्त मात्रा खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ