arrow

उपसभामुख भुषालद्धारा शपथ तथा पदभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
puspa-sapath.jpg

काठमाडौं । नवविर्चाचित उपसभामुख पुष्पा भुषालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छिन् । 

सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उनले भनिन्, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”

यसअघि आजै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका थिए । 

 प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुषाललाई निर्वाचित गरेको थियो । उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ