arrow

भारत पुगेर पनि मोदीलाई नभेटी फर्के प्रचण्ड, भन्छन् – मोदीसँग किन भेट भएन मलाई थाहा भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
prachanda-maoist-leaders.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताए । 

उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् ।  भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ