लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
389
Shares
काठमाडौं । नागरिक लगानीकोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आज कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट सञ्चालक आदित्य सङ्घाईले हस्ताक्षर गरेका हुन् ।
कोषले जारी गरेको विज्ञप्तिअनुसार घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता शेयरको परल मुल्य रु १०० मा प्रिमियम बापत रु ३३५ थप गरी प्रति कित्ता रु ४३५ का दरले रु तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ बराबरको शेयरको प्रत्याभुति गर्नेछ ।