arrow

कोरोनाबारे सरकारदेखि नागरिकसम्मको बेवास्ता, एकै दिन थपिए चार सय सन्ताउन्न संक्रमित, एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ । 

काठमाडौंमा मात्रै संक्रमितको संख्या हजार १३ पुगेको छ । त्यस्तै ललितपुरमा ९२ तथा भक्तपुरमा २८ जना पुगेका छन् । 

त्यस्तैगरी संस्थागत आइसोलेसनमा ७५, आईसीयूमा १५ तथा भेन्टिलेटरमा एक जना रहेका छन् । 

सोमबार थपिएका ४५७ मध्ये काठमाडौंका मात्रै एक सय ६३ जना हुन् । ललितपुरका ४५ जना थपिएका छन् । जुन संख्या पीसीआरबाट संक्रमित भएकाको मात्रै हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ