arrow

क्षेप्यास्त्र परीक्षणबारे सयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरिया रूष्ट

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
Kim_Jong_UN.jpg.jpeg
एजेन्सी । यसै हप्ता गरको पछिल्लो क्षेप्यास्त्र परीक्षणबारे सयुक्त राष्ट्रसंघले गरेको निन्दाप्रति उत्तर कोरियाले आफु रूष्ट बनेको छनक दिएको छ। 
 
उत्तर कोरियाका परराष्ट्र मन्त्रालयका अधिकारी जोन मिन डिकले एक अन्तराष्ट्रिय समाचार संस्थाको अन्तर्वातामा कुरा गर्दे शनिबार सयुक्त राष्ट्रसंघमा अमेरिकी नेतृत्वमा भएको छलफल निकै निन्दनीय भएको बताउँदै पछिल्लो समय अमेरिकामा असामान्य तरिकाबाट देखिएको आणविक त्रासका कारण आफुहरूले आणविक हतियार विकास गरेको बताए। 
 
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघ अन्तर्गत सुरक्षा परिषदले कडा निन्दा गरेको थियो।  
 
उत्तर कोरियाली सहयोगी राष्ट्र भनी मानिएको चीनको पनि सहयोगमा सो परिषदको बैठकले सर्वसम्मत रुपमा उत्तरका विरुद्धको निकै कडा विरोधपत्रमा सहमति जनाउनुका साथै उत्तरका बिरुद्धमा आवश्यक कारबाहीको कदम लिनुपर्ने निर्णय पनि गरेको थियो । 
 
 
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले कडा विरोधगर्दै उत्तर कोरियाका यी हरेक क्षेप्यास्त्र परीक्षणहरुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भनी यस्ता क्रियाकलापहरु रोक्न आग्रह गरिरहेका बेला फेरि अर्को परीक्षण गरेकोमा परिषदले सो कदमको कडा शब्दमा विरोध गरेको हो । यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ