arrow

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, थप परीक्षण गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
Krishnachandra nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मङ्गलवार पीसीआर परीक्षण गराउँदा मुख्यमन्त्री पोखरेलमा कोरोना पुष्टि भएको हो ।

उनको मङ्गलवार बिहान स्वाब सङ्कलन गरिएकोमा साँझ आएको रिपोर्टमा पोजेटिभ पुष्टि भएको हो । मुख्यमन्त्री कार्यालय अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधवार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ