arrow

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
protest-letter-minister-united-nepal.jpg

काठमाडौँ। चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्था मन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मङ्गलवार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ ।

‘अन्तर्राष्ट्रिय कानुन र मूल्यमान्यताको उल्लङ्घन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसत्तामाथि नै ठाडो चुनौती हो ।’ अध्यक्ष यादवले ज्ञापन पत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।’

हालको सरकार गठन भएको सुरुआत अवस्थामा नै नेपाल–चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंसनीय रहेको यादवले भनेका छन् ।

सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित भए पनि सरकारले गरेका कूटनैतिक प्रयासहरूको बाबजुद पनि सीमा अतिक्रमण जारी हुनु दुःखद रहेको अभियानको ज्ञापन पत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ