arrow
ADVERTISEMENT

भारत—चीन बीचको १६ औं चरणको सैन्य वार्ता सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
india-china1.jpg

काठमाडौं । भारत र चीनले १६औँ चरणको कोर्प्स कमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएका छन् । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनःस्थापना गर्न सहयोग गर्ने दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य  हुने गरी समाधान गर्न दुवै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६औं चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ