arrow

पोखराका प्रमुख प्रशासकीय अधिकृत रिज्यालको सरुवा, भारती आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
Birendra-balram.jpg

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालको नौ महिनामै सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना सहसचिवहरुको सरुवा गर्नेक्रममा रिज्यालको पनि सरुवा गरेको हो । 

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । बागलुङ निवासी रिज्याल २०७८ मंसिर ९ गते पोखरा महानगरको प्रमु्ख प्रशासकीय अधिकृत भएर आएका थिए । 

रिज्यालको स्थानमा वीरेन्द्रदेव भारती आउने भएका छन् । उनी यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । 

यस्तै, संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई शहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने शहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी गण्डकी प्रदेशको अर्थ मन्त्रालयका सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय समावेशी आयोगका शिवकुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका कृष्णप्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तराज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुर, र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ