arrow

इन्जिनियरिङ विधेयक तत्काल पारित गरी कार्यान्वयन गर्न सांसद राजभण्डारीको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
divyamani-rajbhandari-parliament-2079-04-04.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले नेपाल इन्जिनियरिङ परिषद सम्बन्धी संसदमा पेश भएको विधेयकलाई जतिसक्यो छिटो पारित गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । 

नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक प्रतिवेदन सम्बन्धी प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले जतिसक्यो त्यति छिटो पास गरेर कार्यान्वयनमा लैजानु पर्ने बताएका हुन् । 

सांसद राजभण्डारीले २०५५ सालमा भएको विधेयकलाई संशोधन गर्न यो विधेयक ल्याइएको भन्दै यो प्रतिवेदन २०७६ मंसिर २२ गते नै पेश गरे पनि अगाडि बढाउन नसकेको तथ्य सार्वजनिक गरे । 

उनले अहिलेका युवा मन्त्रीले अगाडि सारेको भन्दै धन्यवादसमेत दिएका छन् । यसको लक्ष्य गुणस्तर नियन्त्रण रहेको भन्दै सांसद राजभण्डारीले यो परिषदमार्फत जवाफदेही र जिम्मेवारी बनाउनका लागि भएकोसमेत जानकारी दिएका छन् । 

उनले यो विधेयकलाई जतिसक्यो छिटो पारित गरेर कार्यान्वयनमा लैजानुपर्नेमा पटक पटक जोड दिँदै इन्जिनियरको काम केबल जागिर खानेमात्र नभएकोसमेत उल्लेख गरेका छन् । 

उनले एउटा इन्जिनियरले घर बनाउने, हाइड्रो बनाउने र सडक बनाउने मात्र नभइ एउटा हस्पिटिल बनाउनेदेखि कम्प्युटर बनाउनेसम्म रहेको उल्लेख गर्दै जिम्मेवारी बढी भएकोतर्फ सचेत गराएका छन् । 

सांसद राजभण्डारीले नेपालमा थुप्रै इन्जिनियरिङ कन्सल्टेन्टहरु पनि भएकाले जवाफदेही र जिम्मेवार बनाउन नियमन गर्नु जरुरी रहेको उल्लेख गरेका छन् । 

उनले ती स्वदेशी र विदेशी कन्सल्टेन्टहरुलाई  दर्ता गरेर जान सक्नु पर्ने पनि बताएका छन् । 

उनले प्राविधिक इन्स्टिच्युसनलाई अपग्रेट गर्नुपर्नेमा जोड दिँदै उच्च शिक्षाका लागि बाहिर गएकाहरु सबैलाई स्वदेश फर्काउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । 

संसदमा सम्बोधनका क्रममा उनले विदेश गएकामध्ये ५० प्रतिशत मात्र स्वदेश फर्केकाले नेपाल सरकारले उच्च शिक्षाका लागि स्वदेशमै व्यवस्था गर्नसमेत माग गरेका छन् । 

विदेशबाट निकै महंगोमा विज्ञहरुलाई ल्याउनु पर्ने भएकोतर्फ ध्यानाकर्षण गर्दै सांसद राजभण्डारीले विज्ञता हासिल गरेका नेपालीहरुले पनि विदेशमा गएर विज्ञता प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ