- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोभिड१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले गत महिना करिब १ प्रतिशत रहेको संक्रमण दर अहिले १० प्रतिशतको हाराहारीमा पुगेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङ बोल्दै उनले ३४० पीसीआर र एन्टिजेन परीक्षणबाट ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका हुन् ।
२४ घण्टामा २५६२ पीसीआर र १४१९ एन्टिजेन गरी ३९८१ कोरोना परीक्षण भएको छ ।
यस अवधिमा ४६ जना कोभिड १९ बाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।
पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको बताउँदै मन्त्रालयले सम्पूर्ण स्वास्थ्य मापदण्डहरू पालना गरेरसतर्कता अपनाउन आग्र गरेको छ।