arrow

नेपालले कहिलेसम्म पठाउला एसपीपीबारे अमेरिकालाई पत्र ? परराष्ट्र प्रवक्ता भन्छिन् –अध्ययन भइरहेको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
sewa-lamsal-speaker-foreign-ministry-2022.jpg

काठमाडौं । नेपालले अमेरिकासँगको स्टेट पार्टरनशिप प्रोग्राम (एसपीपी) लाई अहिलेसम्म पत्र लेखेको छैन । सरकारले उक्त एसपीपी कार्यक्रम अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गर्न ढिलाइ गरेको हो । 

प्रतिनिधि सभाको बैठकमा एपीपीबारे सरकारलाई रुलिङ गर्न मागसमेत भइरहेका बेलामा परराष्ट्र मन्त्रालयले भने अझै पनि यसबारे अध्ययन भइरहेको जनाएको छ । बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यसबारे अध्ययन भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के–के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ । 

एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्य देखिएपछि कहाँ, के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले जानकारी दिइन् ।

यही एसपीपी अघि नबढाउने सरकारको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणसमेत रोकिएको छ । उनको भ्रमण अब कहिले हुने भन्ने सुनिश्चित नभएको पनि प्रवक्ता लम्सालले बताइन् । 

दुवै पक्षबाट सहमति लिएपछिमात्र भ्रमणको मिति टुङ्गो लाग्ने प्रवक्ता लम्सालले जानकारी दिइन् । आसन्न संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको उनले जनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ