arrow

गुल्मीमा मतदाता नामावलीमा नाम दर्ता धमाधम

logo
रासस
प्रकाशित २०७९ साउन ४ बुधबार
Matadata.jpg

गुल्मी । गुल्मीमा हालसम्म तीन हजार ७४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् । 

गत असार १ गतेदेखि हालससम्म एक हजार ७५७ महिला र एक हजार ९८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी ४६ जनाले नाम दर्ता गराएका छन् । 

अहिले जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली कार्य चलिरहेको छ । जसको लागि जिल्लाका विभिन्न स्थानबाट नागरिक कार्यालय आएको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । 

वालिग नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लगेर जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछ । बसाइँसराइ र विवाह गरेको भए त्यसको प्रमाणपत्रको प्रतिलिपी आवश्यकपर्ने पन्थीले जानकारी दिए । 

गुल्मीमा गत वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका दुई लाख २४ हजार २७६ जनाको नाम मतदाता नामावलीमा समावेश छ । जसमा एक लाख १० हजार ५९ पुरुष ,एक लाख १४ हजार २१५ महिला र दुईजना अन्य रहेको रहेको पन्थीले बताए ।

सरकारले निर्वाचनको मिति घोषण नगर्दासम्म मतदाता नामावलीमा नाम समावेश गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ