arrow

स्याङ्जामा सिंचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
child-death-sink-pond.jpg

स्याङ्जा । स्याङ्जाको सिंचाइ पोखरीमा डुबेर बुधवार साँझ दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङ रहेका छन् ।

आज साँझ ५ बजे सोफिया पोखरीमा डुबेको र उनलाई बचाउन जाँदा बिन्द्र गुरुङ घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार डुबेर गम्भीर घाइते भएका दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ