arrow

बाबुआमाको हेरचाह नगरे सम्पत्ति नपाइने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
senoir-citizen.jpg

काठमाडौँ । नेपाल सरकारले बाबु आमाको हेरचाह नगर्ने सन्तानले सम्पत्ति नपाउने व्यवस्था लागु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रस्तावमा ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पारित भएको छ ।

सन्तानले दायित्व पूरा नगरेमा पैतृक सम्पत्तिको अधिकार अन्त्य हुनेछ । योसँगै बाबु आमाको हेरचाह नगर्ने सन्तानले सम्पत्ति पाउने छैनन्। 

स्थानीय तहले हेरचाहको जिम्मेवारी लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरणको व्यवस्था विधेयकले गरेको छ । 

पारित विधेयकको अब राष्ट्रिय सभामा पठाइनेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।

सो विधेयकले ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउने छ । 

पालनपोषण, हेरचाह, शिक्षादीक्षा र अभिभावकत्व नपाएका सन्तानलाई भने बाबुआमाको पालनपोषणमा स्थानीय सरकारले बाध्य गर्न पाउनेछैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ