arrow

प्रचण्ड गर्मीका कारण बेलायतको रेलसेवा अवरूद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
england-train.jpg

बेलायत । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । 

सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो । 

जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ । 

मङ्गबार भने उनीहरू दोस्रो विश्वयुद्धपछि पहिलोपटक अति व्यस्त भएका थिए विभिन्न ठाउँमा लागेको आगो निभाउन । आगोले लण्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । वायुमण्डलमा धुँवाको बादल फाटेको छैन ।

बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ । बेलायतसहित ती देशको मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ