arrow

स्याङ्जामा लडेर श्यामको मृत्यु, याम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
pakrau9.jpg

स्याङ्जा । स्याङ्जामा बुधबार साँझ लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरकोट नगरपालिका वडा नं. ३ रिजुका ४५ वर्षीय श्यामबहादुर रोका रहेका छन् । 

लडेर गम्भीर घाइते भएका रोकाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैबीच प्रहरीले रोका लड्नुमा आशंका गर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ५० वर्षका यामबहादुर रोका रहेका छन् । 

श्याम लड्दा याम पनि संगै रहेको र त्यो बेला झगडा भएको पाइएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

यामलाई बुधबार घरबाटै पक्राउ गरिएको उनले बताए । झगडा पर्नुको कारण नखुलेको र उनीमाथि अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ