arrow

गोरखामा लडेर लामिछानेको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
death photo.jpg

गोरखा । गोरखामा लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका वडा नं. ३ टारीफाँटका ५० वर्षीय दयाराम लामिछाने रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टारीफाँट सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा चिप्लेर लडेर लामिछाने गम्भीर घाइते भएका थिए । 

उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । 

लामिछानेको शवलाई पोष्टमार्टपछि आफन्तको जिम्मा लगाइएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ