arrow
ADVERTISEMENT

संकट गहिरिएसँगै इटालीका प्रधानमन्त्री मारियो ड्राघीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
Mario Draghi.jpg

काठमाडौं । प्रमुख गठबन्धन दलहरूले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले राष्ट्रपति सर्जियो माटारेल्लालाई राजीनामा पत्र बुझाएका छन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले माटारेल्लाले राजीनामा पत्र स्वीकृत गरेको र द्राघीको सरकारलाई कार्यवाहक क्षमता प्रदान गरेको जनाएको छ ।

राजीनामासँगै सेप्टेम्बर वा अक्टोबरमा प्रारम्भिक चुनावका लागि बाटो खुला हुने भएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मटारेल्लाले संसद विघटन गर्ने वा स्न्याप चुनाव गराउने भन्ने स्पष्ट भने पारेका छैनन् ।

इटालीले कोरोनाभाइरस महामारी र बिरामी अर्थतन्त्रसँग लडिरहेका बेला युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख द्राघी २०२१ मा प्रधानमन्त्री भएका थिए ।

उनले बुधवार सिनेटमा विश्वासको मत जितेका थिए । तर, मतदान गठबन्धनका तीन सहयोगीहरूले बहिष्कार गरेपछि उनको गठबन्धन सरकारको अस्तित्व लगभग समाप्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ