arrow
ADVERTISEMENT

हुवावेका उपकरणले डेटा चोर्ने देखिएपछि अमेरिकाले थाल्यो अनुसन्धान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
huawei1.jpg

काठमाडौं । अमेरिकी जो बाइडेन प्रशासनले चिनियाँ टेलिकम उपकरण निर्माता हुवावेमाथि अनुसन्धान थालेको छ । हुवावेको गियरमा फिट गरिएको अमेरिकी सेल टावरहरूले सैन्य अड्डा र मिसाइल साइलोहरूबाट संवेदनशील जानकारी लिन सक्ने र चीनमा पठाउन सक्ने चिन्तापछि अमेरिकाले अनुसन्धान थालेको हो ।

हुवावेका उपकरणहरुले सैन्य अभ्यास र तयारी अवस्थामा रहेका सैन्य आधार र सैन्य संख्यालगायतको जानकारी प्राप्त गर्नसक्ने चिन्ता अमेरिकी अधिकारीहरुले व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

गोप्य अनुसन्धान भइरहेका कारण र राष्ट्रिय सुरक्षाको बिषय भएका कारण रायटर्सलाई नाम नखुलाउने शर्तमा एक अधिकारीले यस्तो जानकारी दिएको छ ।

यसअघि रिपोर्ट नगरिएको अनुसन्धान वाणिज्य विभागले गत वर्षको सुरुमा बाइडेनले पदभार ग्रहण गरेको लगत्तै अघि सारेको थियो ।

यसअघि सन् २०२१ को अप्रिलमा एजेन्सीले हुवावेलाई विदेशी पक्षहरूसँग तथ्यांक साझेदारी गर्ने या नगर्ने सन्दर्भमा कम्पनीको नीति जान्नका लागि कदम चालेको थियो ।

रोयटर्सले देखेको १० पृष्ठको कागजात अनुसार हुवावेका उपकरणहरूले सेल फोनबाट सन्देशहरू र भौगोलिक स्थान क्याप्चर गर्न सक्छन् ।

अमेरिकी वाणिज्य विभागले चलिरहेको अनुसन्धानलाई पुष्टि वा अस्वीकार केही पनि गरेको छैन् । विभागले संयुक्त राज्य अमेरिकाका व्यक्तिहरूको सुरक्षा र हानिकारक जानकारी सङ्कलनबाट बचाउनु अर्थतन्त्र र राष्ट्रिय सुरक्षाको रक्षाको बिषय भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ