- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ पार्टी गठन गर्न कस्सिएका छन् । केही दिन अघि वामपन्थी दलहरूका शीर्ष नेताहरुबीचको छलफलपछि विचार मिल्नेसँग एकता गरिने प्रचण्डले बताएका थिए ।
योसँगै प्रचण्डले पूर्व माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई बिहीबार भेट गरेका छन् । जनता समाजवादी पार्टीमा खटपट भएपछि निकालिएका भट्टराईसँग ललितपुरमा प्रचण्डले भेट गरेका हुन् ।
दुवैको भेटमा पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्डले नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्ताव गरेका छन् ।
यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यसँग प्रचण्डको छलफल भएको थियो ।
बुधवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
प्रचण्डको यो कदमलाई नेपाली कांग्रेससँग बार्गेनिङ पावर बढाउन गरेको गृह कार्यको रूपमा पनि हेरिएको छ ।