arrow
ADVERTISEMENT

चीनमा पहाड भत्किँदा नौ जनाको मृत्यु

logo
रासस
प्रकाशित २०७९ साउन ७ शनिबार
china-flag.jpg

चीन । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको जानकारी दिएका छन् ।

दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् । खोजी तथा उद्धार कार्य जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ