- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिएको मङ्कीपक्सलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपत्काल घोषणा गरेको छ ।
डब्ल्यूएचओले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।
विश्वभर संक्रमितको सङ्ख्या बढिरहेका बेला भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकले यस्तो घोषणा सार्वजनिक गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ ।
डा टेड्रोसले भने– 'यो प्रकोप विश्वभर द्रुतगतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।’