नेपालमा कोरनाको चौथो लहर, एकैदिन दुई जनाको मृत्यु, तीन हजार बढी संक्रमित
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
1k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४७ जनामा कोभिड१९ पुष्टि भएको छ । २३६० जनाको पीसीआर र १५२८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ३०३ र ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गरिएको थियो । यसअवधिमा ९५ जनामा संक्रमणमुक्त भएका छन् ।
यसअवधिमा थप २ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ रहेको छ ।
पछिल्ला दिनहरुमा कोभिड१९को महामारीले फेरि चर्काे रुप लिन थालेको छ ।
विज्ञहरुले नेपालमा कोरानाको चौथो लहर आइसकेको बताउँदै आएका छन् ।