arrow

राम युवा कमिटीका पदाधिकारीबाट सपथ ग्रहण तथा पदस्थापन

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ साउन ८ आइतबार
sreeram-yuba-kamiti.jpg

जनकपुरधाम । जनकपुरधामको रामचेकस्थित श्री राम युवा कमिटीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापन भएको छ । कमिटीको प्राङ्गणमा भएको कार्यक्रममा कमिटीका नवनिर्वाचित अध्यक्ष परमेश्वरप्रसाद साह, वरिष्ठ उपाध्यक्ष अजयकुमार ठाकुर, उपाध्यक्ष उपेन्द्र भण्डारी, महासचिव पंकजकुमार आजाद, सचिव लालबाबु प्रसाद साह र कोषाध्यक्ष विष्णुदेव प्रसादले  सपथ ग्रहण गरेका हुन् । 

त्यसैगरी सदस्यहरुमा रविन्द्र ठाकुर, अभिषेककुमार ठाकुर, लोकेश्वर झा, अमर ठाकुर, प्रकाश ठाकुर र सुदीप भण्डारीले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई कमिटीका निर्वाचन प्रमुख उमेश साहले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले जनकपुरधामका युवाहरु रचनात्मक कामका लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा मधेश प्रदेशका सांसद परमेश्वर साह, जनकपुरधामका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, राम मन्दिरका महन्त राम गिरी, कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरी लगायतको सहभागीता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ