arrow

पोखरामा घरभित्रै पस्यो चितुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
chituwafeb1.jpeg

पोखरा । पोखरामा गएराति घरभित्रै चितुवा पस्यो । पोखरा महानगरपालिका वडा नं. २३ ठूलाखेतस्थित चूडामणि गौतमको घरभित्र गएराति ४ बजे चितुवा बसेको बताइएको छ ।

बिरालो लखेट्दै जानेक्रममा चितुवा घरभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ । 

चितुवा घर भित्र पसेपछि घरबाहिर रहेका चूडामणि घर भित्र रहेका परिवारका सदस्यलाई घरबाहिर निकालेका थिए । 

बिहान प्रहरी र वन कार्यालयका कर्मचारीको टोली आएर घरभित्रको भकारीमा लुकेर बसेको चितुवालाई बाहिर निकालेको वडा सदस्य शान्ति पराजुलीले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ