arrow

नेताहरूले छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावास धाउने काम बन्द गर्नुपर्‍यो : नारायणकाजी श्रेष्ठ

युवाहरूमा नेता वा गुटको फेरो समातेर पदमा पुग्ने र कमिसन खाने सोच

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
narayan-kaji-21.PNG

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेताहरूले छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावास धाउने काम बन्द गर्नुपर्ने बताएका छन् । उनले नेपालका नेता विदेशीको पैसाबाट चलेको आरोप लगाउँदै यस्तो बताएका हुन् । 

श्रेष्ठले भने,' आफ्नै छोराछोरी, आफ्नै नातेदार र भोट ब्याङ्क भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्नुपर्‍यो ।’

श्रेष्ठले अर्थ मन्त्रालयको बजेट प्यारा मिटरभन्दा बाहिर गएर विदेशी सरकार वा विदेशी राजदूतावासबाट सहयोग लिन बन्द गर्नुपर्ने बताए ।  उनले भने,' आफ्नो पार्टी वा गुटको लागि विदेशी हस्तक्षेप स्वीकार गर्ने वा हस्तक्षेप आमन्त्रित गर्ने काम बन्द गरौँ । पार्टी चलाउन वा चुनाव लड्न विदेशीको पैसा लिने काम बन्द गर्नु पर्‍यो ।' 

श्रेष्ठले अहिले पार्टीमा युवाहरूको भूमिका नेता वा गुटको फेरो समातेर पदमा पुग्ने र कमिसनबाट आफ्नो जिवन सम्पन्न गर्ने बाहेक अरू कुनै सोच नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ