arrow

लोकतन्त्रवादी चार जनालाई म्यानमारको सेनाले दियो मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
myanmar-military-rule.jpg

काठमाडौं । दशकौंमा पहिलो पटक यस्तो सजाय दिँदै म्यानमारको सेनाले चार जना लोकतान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । पूर्व सांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई आतङ्कवादी कार्य गरेको आरोप लगाइएको थियो ।

म्यानमारको सेनाले गत जुनमा यी चार जनालाई मृत्युदण्ड दिने घोषणा गर्दा विश्वव्यापी निन्दा भएको थियो । सेनाले सन् २०२१ को फेब्रुअरीमा कु गर्दै म्यानमारको सत्ता कब्जा गरेको थियो ।

म्यानमारको सैन्य सत्ता जुन्ताले आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेतृत्वको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्त गरेको थियो ।

प्रजातन्त्र समर्थक व्यक्तित्वहरू, सशस्त्र जातीय समूहका प्रतिनिधिहरू र एनएलडीका सदस्यहरू मिलेर बनेको गठबन्धन अर्थात् म्यानमारको राष्ट्रिय एकता सरकारले हत्याको निन्दा गरेको छ । उनीहरू घटनाबाट अत्यन्तै स्तब्ध र दुःखी भएको बताएका छन्।

म्यानमारको राष्ट्रिय एकता सरकारले हत्यारा सैन्य जमातलाई उनीहरूको क्रूरता र हत्याका लागि सजाय दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

म्यानमारको सरकारी समाचार आउटलेट ग्लोबल न्यूज लाइट अफ म्यानमारले ती चार जनाले क्रूर र अमानवीय आतङ्ककारी कार्यका लागि निर्देशन दिएको, व्यवस्था गरेको र षड्यन्त्र गरेको आरोप लगाएको छ ।

ग्लोबल न्यूज लाइट अफ म्यानमारले उनीहरूलाई काउन्टर टेररिज्म कानून अन्तर्गत अभियोग लगाइएको बताए पनि उनीहरूलाई कहिले र कसरी मृत्युदण्ड दिइयो भनेर भने खुलाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ