arrow

प्रचण्डले भने- १० करोड बाफ्रे !

'प्रदेश र सङ्घको चुनावमा अरब खर्च गर्ने भए, क्रान्तिकारीहरूले चुनाव जित्ने त सपना भयो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
prachanda22.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन्। राजधानीको एक कार्यक्रममा बोल्दै उनले  वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका हुन् ।

अहिलेको प्रणालीअनुसार पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको उनको भनाई छ । सङ्घ प्रदेशका चुनावमा खर्च गर्न नसक्नेले र अनेक खालका तिकडम गर्न नजानेले चुनाव नजित्ने बताए ।  

उनले २०६४ को चुनावमा माओवादीबाट जो उठे पनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए । गाउँपालिकाको चुनावमा नै १० करोड रुपैयाँ खर्च गरेर जितेको जानकारी आफूले पाएको प्रचण्डले बताए । 

प्रचण्डले भने,' अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको देखियो ठाउँ ठाउँमा । १० करोड बाफ्रे ।' 

उनले भने,' एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र सङ्घको चुनावमा त उनीहरूले ५० औँ करोड खर्च गर्ने भए, अरबतिर जानभयो । भनेपछि श्रमजीवी जनताले क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भन्या त सपना जस्तो हुने भयो । अन्तमा दलाल पुँजीपतिहरू नै सत्तामा आउने भए ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ