arrow

के छ प्रचण्डको मनमा ? मिश्रित निर्वाचन प्रणालीप्रति प्रश्न  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुनःविचार गर्नुपर्ने तर्क गरेका छन् । नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुनःविचार गर्नुपर्ने तर्क गरेका हुन ।  

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने  चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाका अध्यक्ष १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५० औं करोड खर्च गर्नुपर्ने भयो । यस्तो  निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भँड्खालोमा लैजान्छ ।’ 

प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचित गरी हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बितिक्कै असुलीमा लाग्ने’ भएकाले भ्रष्टचार न्यूनीकरण हुन नसक्ने बताए । 

उनले वर्तमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्नेसमेत धारणा राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ