arrow
ADVERTISEMENT

डेनमार्कको कम्पनीले बनाएको मङ्कीपक्सको खोपले पायो ईयूको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
monkeypox-vaccine.jpg

काठमाडौं । डेनिस बायोटेक्नोलोजी कम्पनी बाभेरियन नर्डिकले सोमबार युरोपेली आयोग (ईयू ) ले आफ्नो इम्भानेक्स खोपलाई मङ्कीपक्स विरुद्धको सुरक्षाको रूपमा बजारमा ल्याउन अनुमति दिएको बताएको छ ।

यो खोपलाई गत हप्ता युरोपेली औषधि एजेन्सी (ईएमए) ले सिफारिस गरेको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीव्र रूपमा फैलिरहेको मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको दुई दिनपछि डेनीस कम्पनी बाभेरियन नर्डिकको खोपले ईयूको मान्यता पाएको हो ।

'अनुमोदित खोपको उपलब्धताले उदीयमान रोगहरूसँग लड्न राष्ट्रहरूको तत्परतामा उल्लेखनीय सुधार ल्याउन सक्छ । तर जैविक तयारीको लगानी र संरचित योजना मार्फत मात्र,' बाभेरियन प्रमुख कार्यकारी पल च्याप्लिनले भनेका छन् ।

संयुक्त राज्य र क्यानडामा मङ्कीपक्स रोगको रोकथामको लागि अनुमोदन प्राप्त गर्ने एक मात्र बाभेरियनको खोपले ईयूमा यसअघि बिफरको उपचारको लागि मात्र स्वीकृती पाएको थियो ।

तर कम्पनीले अफलेबल प्रयोगका लागि भनेर मङ्कीपक्सको प्रकोप फैलिएका धेरै ईयू देशहरूमा खोप आपूर्ति गरेको छ।

यो स्वीकृति युरोपेली संघका सबै सदस्य राष्ट्रहरूका साथै आइसल्याण्ड, लिकटेन्सटाइन र नर्वेमा पनि मान्य हुने बाभेरियन नर्डिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ