arrow

भीसमेन थापाको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
public-holiday-sarwajanik-bida.jpg

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । 

राष्ट्रिय विभूति थापाको २४७आँैं जन्मजयन्तीको अवसरमा  पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उनले भने । 

सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ । 

जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ ।

“असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ