arrow

भारत पश्चिम बंगाल राज्यको नाम फेर्ने प्रस्ताव पारित, भाजपाकै नेताले उठाए प्रश्न

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
west-bengal-new.jpeg
काठमाडौं । भारतको दार्जिलिङ, कोलकाता लगायत क्षेत्रसम्म फैलिएको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव विधान सभाले पारित गरेको छ। 
 
राज्यको नाम परिवर्तनबारेको प्रस्ताव मुख्य मन्त्री ममता बनर्जीले विधान सभामा पेश गरेकी थिइन् । 
 
समाचार संस्था एएनआइका अनुसार पश्चिम बंगाललाई अब बंगालीमा बंङ्गला, अंङ्ग्रेजीमा बंगाल र हिन्दीमा बंगाल भनिने छ। 
 
मुख्य मन्त्री ममता बनर्जीको सरकारले यसअघि पनि पश्चिम बंगालको नाममा पश्चिम शब्दलाई हटाएर ‘बंगाल’ मात्र राख्न प्रस्ताव गरेको थियो। 
 
सन् २०११ मा त्यहाँको राज्य सरकारले पश्चिम बंगालको नाम पश्चिम बंङ्गो राख्न केन्द्रलाई प्रस्ताव गरेपनि केन्द्रले ग्रिन सिग्नल नदिँदा प्रस्ताव स्वीकृत हुन सकेको थिएन। केन्द्रले अझै अनुमति दिएको छैन । 
 
सत्ताधारी भारतीय जनता पार्टी भाजपाले भने राज्यको नाम परिवर्तन गरिएकोमा खेद प्रकट गर्दै ‘पश्चिम बंगाल बचाउ’ अभियान सुरू गर्ने चेतावनी दिएको छ। पश्चिम बंगालका भाजपा सभापति दिलिप घोषले राज्यको नाम परिवर्तन गर्नुको कारणबारे प्रश्न खडा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ